Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुख्खा पहिरोले पुरिएर रसुवामा एकको मृत्यु, एक जना घाइते


    बुधबार, माघ १२ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । 

    पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेकाे अवस्थामा पहिराेले पुरेकाे वडाध्यक्ष टासी छोवाङ तामाङले बताए ।

    घाइतेलाई हेलिकाेप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार