Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको संक्रमणदर बढेसँगै लमजुङ प्रशासनमा आलोपालो सेवा 


    बुधबार, माघ १२ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको छ ।

    जिल्लामा संक्रमणदर बढेकाले बुधबारबाट स्थानीय तहका नागरिकलाई आलोपालो सेवा दिने भएको हो ।  

    प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ । आइतबार दूधपोखरी र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् ।  

    सोमबार क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् । यस्तै मंगलबार मध्यनेपाल नगरपालिका, बुधबार सुन्दरबजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रबार बेंसीशहर नगरपालिकाका नागरिकलाई सेवा लिन पाउनेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार