Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हिमपातका कारण सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे


    मंगलबार, माघ ११ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिमकोट । हिमपातका कारण हुम्लाकाे सिमकाेट विमानस्थलमा दुईदेखि राेकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् ।

    सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् ।  हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।

    आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लाे कुइरो लागेपछि कुनै पनि विमान कम्पनीलेले नियमित उडान गरेका थियनन् । 

    सडक सन्जालमा नजोडिएको हुम्लामा नेपालगञ्ज, सुर्खेतबाट उडानमार्फत नै उपभोग्य सामानहरू चामल, नुन ढुवानी हुन्छ । हिमपात सुरू भएपिछ यहाँ यस्ता सामग्री ढुवानी समेत राेकिएकाे थियाे । मंगलबारबाट अन्य विमान कम्पनीले पनि नियमित उडान थालेकाे नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार