Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीर अस्पतालमा बेथितिः लिफ्ट असिस्टेन्ट र कीर्ते प्रमाणपत्र बाहकलाई स्टोर प्रमुखको जिम्मा


    मंगलबार, माघ ११ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । देशको पुरानो र ठूलो वीर अस्पतालमा बर्षौदेखि नियमविपरीत लिफ्टम्यानलाई जनरल स्टोर प्रमुखको जिम्मा दिइएको छ ।

    छत्रे देउराली धादिङका बैकुण्ठ लुइँटेलले मंगलोदय माध्यमिक विद्यालय थानकोटबाट २०४८ मा एस.एल.सी पास गरे । उनका काका बा  जुगे वा भन्ने वीर अस्पतालको निर्देशक कार्यालयमा सहयोगीको रुपमा काम गर्थे । सोही समयमा लुइँटेल ले २०५४ असार २६ मा वीर अस्पताल विकास समितिका निर्देशक डा. माधव दाहाललाई लिफ्ट असिस्टेन्टमा म्यादी नियुक्ति पाउँ भनी निवेदन दिए ।  सो निवेदन दर्ता नं ४५९५ मा दर्ता भई ज्यालादारीमा नियुक्ति भई काम गर्न थालेका हुन् । सो पदका लागि आवश्यक तालिमसमेत उनले लिएका थिएनन् । सोही पदमा उनले विनातालिम र योग्यता २०६३ चैतसम्म  वीर अस्पताल मर्मत सम्भार शाखा मा रही काम गरे ।

    २०६३ चैतमै वीर अस्पतालले स्थायी बिज्ञापन खुलायो उनले पदपूर्ति समितिलाई प्रभाव मा पारी विनातालिम र योग्यता वीर अस्पतालको विविध सेवा, इलेक्ट्रिक मेकानिक्स, द्वितीय, प्राविधिक पदमा २०६४ चैतमा स्थायी नियुक्त भई मर्मत सम्भार शाखामा काम शुरू गरे । सो पदमा स्थायी हुन निम्नतम शैक्षिक योग्यता भनेको एसएलसी पास र सम्बन्धित विषयमा कम्तीमा एक बर्ष नेपाल सरकारबाट मान्यताप्राप्त संस्थाबाट तालिम प्राप्त गरेको हुनु पथ्र्यो । तर उनीसँग त्यो तालिमप्राप्त योग्यता थिएन तर पनि उनलाई स्थायी नियुृक्ति दिइयो ।

    वीर अस्पताल कर्मचारी नियमावली अनुसार २०६६ चैतमा उनको सोही इलेक्ट्रिक पदमा पाँचौं तहमा तह मिलान भयो ।  २०६९ चैतमा सोही इलेक्ट्रिक पदमा अधिकृत छैटांै तहमा बढुवा भए र अस्पताल मर्मत सम्भार शाखामा काम गरे । हालसम्म पनि उनले कुनै पनि तालिम प्राप्त गरेका छैनन् । उनले मेडिकल माफिया र वीर अस्पतालकै केही रैथाने र अनियमिततामा संलग्न समूहलाई प्रभावमा पारी तत्कालीन निर्देशक डा. केदार सेन्चुरीबाट २०७६ भदौ ५ मा स्टोर प्रमुख हुन सफल भए । उनलाई वीर अस्पतालको नियमविपरीत जनरल स्टोर प्रमुखमा नियुक्त गर्ने काम सेन्चुरीले गरेका थिए ।

    जनरल स्टोर जहाँ मेडिकल सम्बन्धी कागजपत्र लगायत महत्वपूर्ण टेण्डर, खरिद, दाखिला सम्बन्धी काम हुन्छ तर सो ठाउँमा लिफ्ट असिस्टेन्टलाई जिम्मा दिइयो । लिफ्टम्यानलाई करोडौंको कारोबार हुने स्टोर प्रमुख दिनु नियमविपरीत हो, वीर अस्पताल प्रशासनका एक अधिकारीले भने–‘यहाँ जे गरे पनि हुन्छ, कोही बोल्दैन, तिनीहरूलाई मेडिकल माफिया र वीरका केही चलखेल गर्ने कर्मचारीले सहयोग गरेका छन् ।

    बैकुण्ठ र टीकाराम पनेरु समूह आफूलाई अख्तियार निकट हुँ भन्दै अस्पतालका कर्मचारीलाई धम्क्याउँछन् । भीसी  र निर्देशकले समेत उनीहरुलाई हटाउन सक्दैनन् ।’ लुईटेल जनरल स्टोर प्रमुख भएपछि टेन्डर आह्वान नगरी महँगोमा कोटेशन मार्फत् सामान मगाएर कमिसन लिने गरेका छन् । सोही शाखाका एक कर्मचारी भन्छन्–यो त भन्सार रहेछ । खरिद एकाईका एक सदस्य थप्छन् ।  उनले ल्याउने सबै माग फारम र कोटेशनमा ठूलो भष्टाचारको गन्ध आउँछ । के गर्ने शक्तिकेन्द्र उनकै छ । लुइँटेल अस्पताल सुधारको बिरोधी समेत हुन् ।

    अस्पताल सुधार, विस्तार, सेवा आयोग गठनमा अवरोध, अरूको बढुवालाई भाँजो हाल्ने, उपदान कोष स्थापना  हुन नदिने, न्याम्स पदाधिकारीले अवकाशप्राप्त कर्मचारीलाई उपदान दिन खोज्दा सो पैसा दिन नदिने र सो रकम को पैसाबाट  नचाहिने सामान मगाएर कमिसन लिने जस्ता गतिविधिमा सक्रिय छन् । गएको जेठमा अस्पताल प्रशासन प्रमुखमा नियुक्त डा.जागेश्वर गौतमसँग मिलेर आफूनिकट म्याक्सिम सप्लायर्सबाट २४ करोडको अनियमित सामान खरिद गरी ठूलो कमिसन लिएको आरोप समेत छ । म्याक्सिमको सामानमात्र लिनेगरी टेण्डरमा स्पेसिफिकेसन राखी टेण्डर गरी उक्त सामान प्रतिस्पर्धा नै नगरी खरिद गरिएको थियो ।  

    लुईटेलले जस्तै मेडिकल स्टोरका प्रमुख अ हे व टीकाराम पनेरुले पनि वीरमा बम्हलुट गर्दैआएका छन् । बिगतमा खरिद एकाई, सामाजिक एकाईमा बसेर ब्यापक भष्टाचार गरेर अकुत धन कमाई गरेको आरोप समेत पनेरुमाथि लाग्दैआएको  छ । साथै वीर अस्पतालमा नै समायोजन हुन उनले मेडिकल बोर्डबाट नक्कली कागजपत्र तयार गरी स्वास्थ्य मन्त्रालयलगायतमा पेश गरी वीर अस्पतालमा कार्यरत रहेका छन् ।

    लुईटेल र पनेरुबिरुद्ध जनरल स्टोर र मेडिकल स्टोरमा नियमविपरीत कार्यरत रहेको, अनियमितता गरी भ्रष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गरेको समेत भनेर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, अख्तियार, स्वास्थ्य मन्त्रालय लगायतमा उजुरीसमेत परेको छ । मेडिकल माफियाका वीर अस्पतालका एजेन्ट बैकुण्ठ लुइँटेल र टीकाराम पनेरुको अनियमितताको पर्दाफास गर्ने कर्मचारीलाई थर्काउने, धम्क्याउने, गुन्डा लगाएर हातपात गराउने गर्न गरेका छन् । तर अस्पताल प्रशासन र मन्त्रालय भने रमिता हरेर मात्र बसेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार