Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित, विनोद चौधरीलाई उछिन्दै अजय चौरसियाले पाए सर्वाधिक मत


    मंगलबार, पुष ६ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् ।

    मंगलबार दिउँसो सम्पन्न मतगणनामा २५२२ मतसहित अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् । ४६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका चौधरीले २२०६ मत प्राप्त गरेका छन् ।

    तेस्रोमा चन्द्रमोहन यादवले २१३८, महेन्द्र कुमार यादवले १९८४ र पाँचौंमा दिनेश कुमार यादवले १९५९ मत प्राप्त गरेका छन् ।  

    खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार