Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • आरजुसहित यी तीनजना पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित


    सोमबार, पुष ५ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचनमा विजयी भएका मध्ये तीन जना पहिलो पटक केन्द्रीय सदस्यमा विजयी भएका छन् । 

    गत सोमबार सम्पन्न निर्वाचन अन्तर्गत आज सकिएको महिला खुलातर्फको मतगणना अनुसार तीन जना पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । विजयी मध्ये सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा, सुशीला ढकाल आचार्य र रंगमती शाही पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । 

    आज सम्पन्न मतपरिणाम अनुसार डिला संग्रौला दुई हजार ८८५ मत,  पुष्पा भुसालले दुई हजार ७१८, आरजु राणाले दुई हजार ५३६, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार