Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमती प्रदेशमा माओवादी नेतृत्व चयनका लागि चुनाव : ९ पदमा २७ जनाको उम्मेदवारी


    सोमबार, पुष ५ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । 

    सोमबार जारी चुनावी प्रकृयामा अध्यक्षसहितका ९ पदमा २७ जनाको उम्मेदवारी परेको छ । मा‌ओवादीको बागमती प्रदेश अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका छन् ।  काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा निर्वाचन कार्यक्रम जारी छ । 

    २९ जनाले उम्मेदवारी दिएको भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै २७ जना चुनावी मैदानमा छन् । 

    अध्यक्षमा २ जना र सचिवमा ४ जना, उपाध्यक्षमा ९ जना, सहसचिवमा ११ जना र कोषाध्यक्षमा ३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

    अध्यक्ष र पदाधिकारी छान्न प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी केन्द्र बागमती प्रदेशले जनाएको छ । 

    प्रदेश अध्यक्षसहितका पदाधिकारी सर्वसम्मच चयन गर्ने प्रयास असफल भएपछि माओवादीले निर्वाचन मार्फत टुंगो लगाउने निर्णय गरेको थियो । 

    नेतृत्व चयनका लागि माओवादीमा निर्वाचन हुने गरेको छैन । पछिल्लो पटक हेटौंडा महाधिवेशनपछि आज पहिलो पटक निर्वाचन हुन लागेको जनाइएको छ । अन्य प्रदेशमा समेत अध्यक्षसहित पदाधिकारी चयन हुन सकेको छैन ।

    mao1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार