Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खुला महिला र मधेसी महिलातर्फको मतगणना गर्ने तयारी


    आइतबार, पुष ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणना सकिएसँगै निर्वाचन समितिले सार्वजनिक गर्ने तयारी गरेको छ । 

    अब खुला महिला र मधेसी महिला तर्फको मतगणना गर्ने तयारी भएको छ । 

    निर्वाचन समितिले खुला केन्द्रीय सदस्यको मतगणना सार्वजनिक गरेसँगै खुला महिला र मधेसी महिला तर्फको गणना गर्न लागेको हो । 

    महिला खुला केन्द्रीय सदस्यमा ९ जना चयन हुने छन् । त्यसका लागि ३० जना चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै मधेसी महिलामा चार जना चयन हुने छन् भने पाँच जनाको उम्मेदवारी परेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार