Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेविनै बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक


    आइतबार, पुष ४ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संसदको गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ ।  

    बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको सहभागिता छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

    उनका अनुसार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको सहभागिता रहेको छ । सर्वदलीय बैठकअघि केहीबेर सत्ता गठबन्धनको बैठक बालुवाटारमै बसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार