Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल निजामती कर्मचारी युनियन रसुवाको अध्यक्षमा पुन : गौड


    शनिबार, पुष ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रसुवा।नेपाल निजामती कर्मचारी युनियन रसुवाको अध्यक्षमा पुनः रमेश कुमार गौड चयन भएका छन् । शनिबार सदरमुकाम धुन्चेमा भएको आठौं जिल्ला अधिवेशनले गौडलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । 

    उपाध्यक्षमा  खुल्लातर्फ उदय चन्द्र दवाडी,  महिलातर्फ रुकु क्षेत्री र समावेशीतर्फ कमल प्रसाद पौडेल सर्वसम्मत चयन भएका छन् ।  सचिवमा राजु तामाङ, सहसचिवमा हेमन्त घिमिरे चयन भएका छन् । यस्तै कोषध्यक्षमा प्रभु नारायण चौधरी चयन भएका छन् । त्यसैगरि सदस्यहरूमा केशवप्रसाद बजगाई, जिवमणि देवकोटा, शंकर चौधरी, शम्भु पण्डित रेशमबहादुर लामिछाने, विकास मेमोङवा, वर्षा चौधरी, सरीता न्यौपाने र यमुना खनाल सर्वसम्मत चयन भएका छन् । 

    अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दुर्गा थापा केसी, भक्तराज भण्डारी र भुपेन्द्रप्रसाद यादवलाई पठाउने निर्णय गरेको छ । सल्लाहकारमा पवित्राकुमारी पराजुली र मुकुन्द शर्मा भण्डारी रहने जनाइएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार