Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वकपको खेल तालिका सार्वजनिक, पहिलो खेलमै भारत र पाकिस्तान भिड्ने


    शनिबार, पुष ३ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आगामी वर्ष न्यूजिल्याण्डमा हुने महिला क्रिकेट एकदिवसीय विश्वकपमा लागि तालिका सार्वजनिक गरेको छ ।

    आईसीसीका अनुसार विश्वकपको सुरुवात चार मार्चदेखि हुनेछ । वानडे विश्वकप २०२२ को पहिलो खेल न्यूजिल्याण्ड र वेष्ट इण्डिजबीच हुनेछ ।

    सिरिजमा आठ टिमको सहभागिता रहनेछ । जसमा भारत, पाकिस्तान, बंग्लादेश, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र इंग्ल्याण्डले सहभागिता जनाउनेछन् ।

    चारदेखि तीन अप्रिलसम्म न्यूजिल्याण्ड फरक देशमा विश्वकपको म्याच खेल्न जानेछ । अकल्याण्ड, क्राइस्टचर्च, डुनेडिन, हेमिल्टन, तौरंगा र वेलिङ्टनमा विश्वकप २०२२ का म्याचहरु खेलिनेछन् ।

    सिरिजको पहिलो सेमिफाइनल वेलिङ्टन र दोस्रो सेमिफाइनल तथा फाइनल म्याच क्राइस्टचर्चमा खेलिनेछ । एकदिवसीय विश्वकप २०२२ मा भारतले आफ्नो पहिलो खेल पाकिस्तानविरुद्ध खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार