Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सानदार जितसँगै इन्टरलाई चार अंकको अग्रता


    शनिबार, पुष ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इटालीयन सिरी ए मा सानदार जितसँगै इन्टर मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । 

    शुक्रबार राति भएको खेलमा इन्टरले सेलेर्निटानालाई ५-० अन्तरले पराजित गरेकाे हाे ।

    इन्टरको जितमा इभान पेरिसिक, डेन्जेल डुमफ्रियस, एलेक्सिस सान्चेज, लौटारो मार्टिनेज र रोबार्टाे गाग्लीयर्दिनीले १/१ गोल गरे । 

    जितसँगै इन्टरले शीर्ष स्थानमा १८ खेल सहित ४३ अंक बनाएको छ । दोस्रो स्थानको एसि मिलानको ३९ अंक छ । पराजित सेलेर्निटाना समान खेलबाट ८ अंक सहित पुछारमा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार