काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/ २०७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण हुने छ । यस्तो छ बैंकले प्रकाशन गरेको सूचना