Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला, २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर


    शुक्रबार, पुष २ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन् । पदचिन्ह फेला परेसँगै  २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ ।

    राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन् । डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेका हुन् ।  

    ‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं,’ पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने ।

    मांसहारी डायनोसरको सबैभन्दा ठूलो पदचिन्ह ४० सेन्टिमिटरसम्म लामा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार