विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन एक हप्ता हुँदा पनि टुंगिएको छैन । गत शनिबार उद्घाटन गरिएको अधिवेशनमा नेतृत्व चयन हुन नसक्दा समस्या भएको हो ।
प्रदेश-१मा पहिला आकांक्षी रहेकाहरु बाहिरिए पनि उक्त पदमा दाबी गर्नेहरुको संख्यामा कमी आउन सकेको छैन ।
२७१ सदस्यीय कार्यसमिति चयन गरेपनि पदाधिकारी चयनमा विवाद भएपछि नेतृत्व चयन असहज बनेको हो ।
यसअघि अध्यक्षको दाबी गरिरहेका केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले आफ्नो दाबी छाडेका छन् तर अन्य नेताहरुले धमाधम अध्यक्ष लगायतमा दाबी गरिरहेका छन् ।
प्रदेश समितिको बुधबार बसेको पहिलो बैठकमा तीनै जनाले प्रदेश समितिमा नरहने घोषणा गरेपछि केन्द्रीय सदस्यबाहेका नेताहरुलाई प्रदेशको नेतृत्व गर्ने बाटो खुलेको हो ।
अहिलेसम्म अध्यक्षमा दाबी गर्नेहरुको संख्या ६ पुगेको छ । जसमा पाँचथरका हर्कबहादुर लावती (मिक्सो), सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) रहेका छन् । दाबी गर्नेको संख्या अझै बढ्न सक्ने प्रदेशका नेताहरु बताँउछन् ।
माओवादीले नेतृत्व चयनका लागि भन्दै आगामी पुस ७ गतेलाई कार्यसमितिको बैठक आह्वान गरेको छ । उक्त बैठकमा पदाधिकारीको चयनबारे सुझाब दिन भन्दै प्रदेश १ माओवादीका सहइन्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काङवाङको नेतृत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरीएको छ । कार्यदलका अन्य सदस्यहरुमा सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम), हेमराज भण्डारी र केन्द्रीय सदस्य रामकुमारी चौधरी रहेका छन् । यसबीचमा उनीहरुले आकांक्षीलाई मिलाउन प्रयत्न गर्ने बुझिएको छ ।
यस्तै उपाध्यक्षमा खोटाङका ध्रुव बुढाथोकी (धिरेन), झापाका सिपी कडरिया र विराटनगरका भोगेन्द्र यादवले दाबी प्रस्तुत गरेका छन् । महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दीरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना) प्रतिस्पर्धी छन् ।
सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर) र सुनसरीका आइन्द्रविक्रम बेघाले दाबी गरेका छन् ।
सह–सचिवमा आकांक्षा राख्नेको संख्या धेरै भएपनि अहिलेसम्म सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक गरेका छन् । कोषाध्यषमा भने सुनसरीका मदन चुँडालले दाबी गरेका छन् ।
कातिक २५ गते मोरङको विराटचोकमा अधिवेशन सुरु भएको थियो । आकांक्षीहरु धेरै भएपछि पदाधिकारी छान्न समस्या भएको एक नेताले बताए । माओवादीले २७१ जनाको समिति चयन गरीसकेको छ । ११ सय भन्दा बढी प्रतिनिधिबाट २७१ छानेर केन्द्रका नेताहरुले आफ्ना मान्छे राख्न लागि ‘हलो अड्काएर गोरु कुटेको’ एक नेताले आरोप लगाए । यसले पार्टीमा संकट निम्त्याउने उनको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend