Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • महामन्त्री पदमा पराजित भएका पौडेल भन्छन्- पार्टीमा पुस्तान्तरण भएको छ, अब वैचारिक रुपान्तरण गर्नुपर्छ


    बिहिबार, पुष १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली का‌ंग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदीप पौडेलले पार्टीमा पुस्तान्तरण भएको भन्दै वैचारिक रुपान्तरणका लागि विजयी पदाधिकारीहरुले नेतृत्व लिने आफूमा विश्वास भएकाे बताएका छन् ।

    निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

    ‘म उहाँहरुलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने, संगठित बनाउने र अगाडि बढाउने कुरामा सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाली कांगेसमा पुस्तान्तरण भएको छ । अब वैचारिक रुपान्तरणका निम्ति साथीहरुले प्रयास गर्नुहुनेछ नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु’ उनले भने ।

    नेता पौडेलले निर्वाचन परिणामले पार्टीभित्र पुरानो र नयाँ नेतृत्वको समिश्रण गराएको भन्दै पार्टीभित्र आमएकता निर्माण हुने परिस्थिति बन्छ भन्नेमा विश्वस्त भएको पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार