Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महामन्त्रीको मतगणनामा पछाडि परेपछि रक्षामन्त्री रिजालले दिए पदबाट राजीनामा


    बिहिबार, पुष १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । 

    कांग्रेस महामन्त्रीको निर्वाचनमा मतगणनामा पछाडि परेपछि रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

    रिजाल र गगन थापा डा.शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । उनले सामाजिक सञ्जालमा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

    रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

    पछिल्लो परिणामअनुसार रिजाले डाक्टर राजाराम कार्कीलाई मात्रै उछिनेका छन् ।

    266380455_3048969295430028_8605616792431651478_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार