Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै पार्टीलाई भीम रावलको प्रश्न– संसदको अवरोध कतै एमसीसी पास गर्ने खेल त होइन ?


    बिहिबार, पुष १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले गरेकाे संसद अवरोध कतै एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर प्रश्न उठाएका हुन् ।

    रावलले लेखेका छन्– सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।

    नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा विरोध जनाउँदै आएको छ । एमालेले विरोध जनाउँदै वर्षे अधिवेशनका कुनै पनि संसदीय कामकारबाहीमा भाग लिएको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार