Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • बालबालिकालाई विद्यालयमा नै खोप लगाइने


    बुधबार, मंसिर २९ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने बताएका छन्। 

    उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताए। 

    उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ।

    सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरूद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ।

    उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रूपमा तयारी गरिसकेको जानकारी दिए। 

    ‘महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ’, मन्त्री खतिवडाले भने, ‘थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो। आवश्यक पर्दा यसका लागि सरकार तयार छ।’ 

    नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ। 

    विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार