Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक हजार तीन सय ११ ग्राम अवैध सुनसहित पाँच जना बंगलादेशी नागरिक पक्राउ


    बुधबार, मंसिर २९ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको एक हजार तीन सय ११ ग्राम सुनकाे बिस्कुट आकारको वस्तु, चेनरोल, औठी र चुरासहित पाँच जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    हिमालयन एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको सुन फेला परेको हो ।

    पक्राउ पर्नेहरूमा बंगलादेशी नगरिकहरू राहदानी नम्बर ए०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनवीर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडी युनुस अली, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए००१००८८५ बाहक २५ वर्षीय जाहिदुल इस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडी मिराजुल इस्लाम रहेका छन् । 

    पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट एक सय ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुन बरामद भएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार