Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेस चौतारीले बोलायो केन्द्रीय कमिटी बैठक, १२-१३ पुसमा लुम्बिनीमा


    बुधबार, मंसिर २९ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न १२-१३ पुसमा रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

    प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो । 

    बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । पछिल्लो पटक संशोधन गरिएको बिधानमा आयोगका सदस्इ पनि केन्द्रीय सदस्यकै सरह रहने व्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने बस्नेतले जनाए ।

    बैठकले राष्ट्रिय अधिवेनशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको तिथि तय गर्नेछ । चौतारीले आगामी फागुनभित्र नवौं राष्ट्रिय अधिवेशन सम्पन्न गरिने कार्ययोजनासहित अघि बढेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार