Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • वेस्ट इन्डिजविरुद्ध पाकिस्तानलाई टी-२० शृंखला


    बुधबार, मंसिर २९ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  भ्रमणकारी टोली वेस्ट इन्डिजलाई दोस्रो टी-२० क्रिकेटमा पराजित गर्दै घरेलु टोली पाकिस्तानले शृंखलामा कब्जा जमाएको छ । 

    मंगलबार कराँचीमा भएको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले पराजित गरेको हो । यससँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २–० अन्तरले आफ्नो पक्षमा पारेको हो । 

    पाकिस्तानले दिएको १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र १६३ रनमा समेटियो । 

    वेस्ट इन्डिजका लागि ब्राण्डन किङले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । 

    पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए  ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार