Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • देउवाकाे बिजयले लाेकतन्त्र सुदृढ हुन्छ, पार्टीलाई अझ सक्षम र सुदृढ बनाउनुहुन्छ :गृहमन्त्री खाँण


    बुधबार, मंसिर २९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।दाेस्राे पटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवाकाे कार्यकालमा लाेकतन्त्र सुदृढ हुने र पार्टीलाई अझ सक्षम र सुदृढ बनाउने उनी निकटस्थ नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

    पार्टीकाे १४औँ महाधिवेशनबाट देउवा सभापतिमा पुन: निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै नेता खाँणले देउवा नेपाली राजनीतिका परिपक्व नेता भएकाे टिप्पणी गरे । 

    ‘प्रजातान्त्रिक शक्ति हासिल गरेर उहाँ सभापतिमा निर्वाचित हुनु भएकाे छ । पार्टी सहमति र सहकार्यमै अगाडि बढछ । उहाँकाे नेतृत्वमा स्थानीय, प्रदेश र संघकाे निर्वाचन हुन्छ । त्यसका लागि तयारी हुनेछ,’ उनले भने ।

    कांग्रेसलाई अझ सुदृढ र क्रियाशील बनाएर लैजाने अभिभारा रहे पनि आफूहरुमा केही व्यवस्थापकीय कमीकमजोरी रहेकाे स्वीकार गर्दै खाँणले त्यस्ता कमीकमजाेरी सुधार गर्दै लगिन बताए । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार