Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली कांग्रेस निर्वाचन समितिको बेथितिः मतपत्र सकिएर दुई पटक भोटिङ रोकियो


    सोमबार, मंसिर २७ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत २०७८ मंसिर २७ गते सोमबार मतदान भइरहेको छ ।  

    देशकै सबैभन्दा पूरानो र सत्ताको नेतृत्व गरिरहेको पार्टीको मतदान भने अव्यवस्थित देखिएको छ । काठमाडौं ।  विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मध्याह्न १२ बजेसम्म मतपत्र छपाइका कारण रोकिएको थियो ।  

    मतदान सुरु भए पनि उम्मेदवार धेरै भएकाले धेरैवटा मतपत्रको व्यवस्था रहेको छ । 

    मतदान गर्न एक जना प्रतिनिधिलाई आधा घण्टादेखि १ घण्टासम्मको समय लागेको छ ।  तर, लगातार मतदान हुन सकिरहेको छैन । मतदान जारी रहँदा मतपत्र सकिएको भन्दै दुई पटक मतदान केही समयका लागि रोकिएर पुन: सुचारु भएको छ । राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई गरी तीनवटा मतदान केन्द्रमा मतदान भइरहेको छ । 

    मतदान बेलुका ९ बजेसम्म हुने भनिएको छ । ४ हजार ७४३ प्रतिनिधिले मतदान गर्ने छन् । सात बजेसम्म ३ हजार करिबले मतदान गरेका छन् । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार