Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली काँग्रेसको जोड – अंगिकृत नागरिकताको लागि समय राख्नु हुन्न


    बुधबार, असार ३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३ असार। प्रतिपक्षी दल नेपाली काँग्रेसले नागरिकताको सम्बन्धमा नागरिकता ऐन २०६३ को प्रावधानमाथिको अडान कायम राख्न निर्देशन दिएको छ ।

    बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताबीच भएको बैठकले राज्य व्यवस्था समिति सदस्यहरुलाई नागरिकता ऐन २०६३ को प्रावधानमा अडान राख्न जोड दिएको हो ।मंगलबारको समितिको बैठकमा राज्यव्यवस्था सचिवालयले विवाह गरी आउनेका लागि सात वर्ष पुगेपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रस्ताव गरेको पछि काँग्रेसले साविककै अडान राखेको हो ।

    बैठकमा सहभागी सांसद डिला संग्रौलाले संविधानमा भएको व्यवस्थाकै निरन्तरताको पक्षमा काँग्रेस उभिएको बताइन् ।संविधानमा बिहे गरी आएपछि जन्मेको देशको नागरिकता छोडेको हुनुपर्ने व्यवस्था भएकाले समयावधि राख्न आवश्यक नहुने काँग्रेसले निष्कर्ष निकालेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार