काठमाडौँ, ३ असार । लकडाउनको अवधिमा क्वारेन्टिनभित्र एक हजार छ सय ८४ जना महिलालाई हिंसा भएको पाइएको छ।
नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले एक विज्ञप्ति जारी गर्दै उक्त तथ्य सार्वजनिक गरेको हो ।
संघका अनुसार क्वारेन्टिनभित्र भएका यस्ता हिंसाका छिटपुट घटना बाहिर आए पनि धेरैजसो घटना गुपचुप पारिएको छ।
सरकारले कोरोनाभाइरस महामारीपछि गत चैत ११ देखि लकडाउन लगाएको थियो।
संघले गत जेठ ३२ मा कैलाली लम्कीचुवास्थित एक क्वारेन्टिनमा महिलामाथि सामुहिक बलात्कार हुनुले क्वारेन्टिन महिलाका लागि हिंस्रक खाडल भएको उल्लेख गरेको हो।
संघकी अध्यक्ष उमा रेग्मीले उक्त घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।
‘लम्कीचुवा क्वारेन्टाइनमा राती सुतिरहेकी एकजना महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वंसेवकलगायत चार जनाबाट पासबिक तबरले सामुहिक बलात्कार भएको छ। यस घट्नाले नेपाल महिला संघ स्तब्ध भएको छ र नेपाल महिला संघको गम्भीर ध्यानकर्षण भएको छ। क्वारेन्टाइन महिलाहरुका लागि हिस्रक खाडल भएको छ,’ उनले भनेकी छन्।
सरकारका नालायकीपनका कारण यस्ता घटना घट्ने उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘सरकारको अव्यवस्था, अकर्मव्यता, असक्षमता, नालायकपनका कारण यस्ता घट्ना दिनानुदिन बढ्दै गइरहेका छन्,’ अध्यक्ष रेग्मीको भनाइ छ, ‘सरकार केवल रमिते बनेर बसेको छ। पूरै दण्डहिनताको अवस्था छ।’
कोरोना महामारीको अवस्थामा पनि नागरिकहरुको सुरक्षा गर्ने, रोग र भोकबाट बचाउन कम्मर कसेर लाग्नु पर्नेमा केवल आफ्नो दुनो सोझ्याउनतर्फ सरकार लागेको उनको आरोप छ।
‘पीडितलाई न्याय र राहतको व्यवस्था गर्न र अपराधिलाई कडाभन्दा कडा कारवाही गर्न महिला संघ सरकारसँग माग गर्दछ,’ उनले भनेकी छन्।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend