Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोकुल बास्कोटाको घरमा बम बिष्फोट 


    बुधबार, फाल्गुन २८ २०७६
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २८ फागुन । पूर्व सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको लोकन्थली मनोहरा फाँटस्थित घरमा बुधबार बिहान बम बिष्फोट भएको छ । बिहान ७.४८ बजे उनको घरमा बम बिष्फोट भएको बताइएको छ ।

    बम बिष्फोट हुँदा उनको घरको गेट नै भत्किएको छ । झ्यालहरु चर्किएका छन् । बम बिष्फोट हुँदा उनका छिमेकी कपिल घिमिरेको घरमा समेत क्षति पुगेको छ । उनको घरसँगैका अरु घरमा पनि क्षति पुगेको छ । बम बिष्फोटपछि ठूलो संख्यामा प्रहरी पुगेका छन् । बम बिष्फोटपछि त्यस क्षेत्रका बासिन्दा त्रसित छन् ।\"\"बम बिष्फोट कसले गराएको हो भन्ने पुष्टी भइसकेको छैन । कसैले जिम्मा पनि लिएको छैन । पूर्वमन्त्री बाँस्कोटाको ७० करोड रुपैयाँको डिल भएको भिडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार