काठमाडौं । एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको पोलिटब्यूरो सदस्यको चयनमा भएको मनपरीतन्त्रप्रति असन्तुष्टि प्रकट गरेका छन् । आफूले कठिन परिस्थितिमा एमालेको संगठन बिस्तारका लागि काम गरेको भए पनि पोलिटब्यूरो सदस्य नबनाइएकोमा उनले घुमाउरो भाषामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको बिरोध गरेका छन् ।
बाबुआमाले दिनरात नभनी, झरीबादल नभनी काम गर्ने माइलो छोरालाई माया नगरेको र माया गरेको नाटक मात्र गर्दैआएका जेठा र कान्छा छोरालाई बढी महत्व दिएको भन्ने बिम्ब प्रयोग गरेको भन्दै एमालेको संगठन निर्माणमा आफूले गरेको योगदानको मूल्यांकन नगरेकोमा सांकेतिक रुपमा ओलीप्रति कटाक्ष गरेका छन् । सामाजिक संजालमा बस्नेतले अध्यक्ष ओलीले आफूलाई पोलिटब्यूरोमा नलगी संगठनमा काम नगर्नेहरुलाई लगेको आक्षेप पनि लगाएका छन् ।
एमालेको शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले बस्नेतलाई पोलिटब्यूरो सदस्य बनाएन । तर ७० करोड रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बास्कोटा, गुलाबजंग शाह, कृष्ण राई, इश्वरी रिजाल, जीतबहादुर गौतम, खिमलाल भट्टराई, कमल चौलागाईहरुलाई ओलीले पोलिटब्यूरोमा लगेको र आफूलाई छुटाएकोमा बस्नेतले असन्तुष्टि प्रकट गरेका हुन् । रातदिन पार्टी काममा लगाउने तर जिम्मेवारी दिने बेलामा भने न्याय नगरेकोमा उनले असन्तुष्टि पोखेका छन् ।
काम गर्नेलाई भने आफ्नो छोरो नै होइन जस्तो ब्यवहार गर्ने बाबु आमासँग उनले ओलीलाई तुलना गर्दै लेखेका छन््–‘एकजना प्रतिष्ठित ब्यक्तिका ३ छोराहरुमा जेठा र कान्छा, अग्ला र गोरा रहेछन् भने माइला होचा र कालो रहेछन् । जेठा र कान्छा छोराहरु भने बाआमा र घरको माया गर्ने भन्दा पनि माया गरेको नाटक गर्दा रहेछन् ।
माइलो छोरो दिनरात नभनी झरी बादल नभनी बा आमा र घर परिवारको सेवा गर्र्दोहेछ । तर बाले माइलो छोरालाई खास माया गर्दारहेनछन् उनको मनमा यी २ भन्दा रुप रङमा यो फरक छ । यो मेरो छोरा होइन कि भन्ने आशंका रहेछ । उनको मनमा त्यो बिचारले डेरा जमाएका कारण माइला छोरालाई काममा चाहिँ जोत्ने तर खास वास्ता र माया नगर्ने रहेछन् ।’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा थालेका छन्। पदयात्राको उद्घाटन आज बिहान रास्वपा सभापति रवि लामिछानेले जानकी मन्दिरमा गरेका छन्। ...
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend