Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


    आइतबार, मंसिर २६ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी विकास बैंकको १३ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ ।

    बैंकले साधारणसभा तथा लाभांशं वितरण प्रयोजनार्थ २७ मंसिरमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, आइतबारसम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र लघुवित्तले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् । 

    बैंकले ९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ः१५ बजे सुरू हुनेछ । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

    सभामा गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । 
     
    सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने लगायतको एजेण्डा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार