Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • तुलसीपुर कारागारका कैदीबन्दीले गरे रक्तदान


    शनिबार, मंसिर २५ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ। दाङस्थित तुलसीपुर कारागारमा १ सय जना कैदीबन्दीले रक्तदान गरेका छन् । रगत अभावलाई टार्न कारागारभित्र रक्तदान गरिएकाे हाे ।

    ‘पर्खालभित्र रहे पनि बाहिरी समाजलाई सेवा गर्न सकिन्छ’ भन्ने ध्येय राखेर रक्तदान गरिएको कैदीबन्दी सन्दीप खड्काले बताए । कारागार प्रशासनको अगुवाइमा रक्तदान कार्यक्रम भएकाे हाे ।

    कारागारमा ५ सय २५ कैदीबन्दी छन् । ३१ महिला र चार आश्रित बालबालिका पनि कारागारमा छन् । 

    कैन्दीबन्दी सीप विकाससँगै सामाजिक र मानवीय सेवामा लागेको तुलसीपुर कारागारका प्रमुख अमरबहादुर ओलीले बताए । कैदीबन्दीले गरेको रक्तदान उदाहरणीय रहेकाे उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार