Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • ब्रेन्टफोर्डको पुनरागमन जित


    शनिबार, मंसिर २५ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। ब्रायन एमबेउमोले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि नवप्रवेशी ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । शुक्रबार राति घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियमा भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २-१ अन्तरको पराजित गरेको हो । 

    प्रतिस्पर्धात्मक  खेलमा भ्रमणकारी टोली वाट्फोर्डका इमानुयल डेनिसले २४औं मिनेटमा गोल गरे । घरेलु टोलीका पोन्टुस जानसनले ८४ मिनेटमा बराबरी गोल गरे । ९० मिनेटपछि थपिएको ५ मिनेटमा गोल गर्दै एमबेउमोले गोल गरेसँगै घरेलु टोलीले पाँचौँ जित निकालेको हो । 

    जितसँगै ब्रेन्टफोर्ड १६ खेलबाट २० अंक जोड्दै नवाैँ स्थानमा छ । यता, पराजित वाट्फोर्ड भने समान खेलबाट १३ अंकसहित रेलिगेशन जोनबाट बच्ने संघर्ष गर्दै छ । जारी लिगमा १५ खेल खेलेको म्यानचेष्टर सिटी ३५ अंक सहित शीर्षस्थानमा छ ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार