काठमाडौं । दक्षिण एसियाली देशहरुका सीमा मिचेर भारतले जसरी ठूलो देशको दम्भ देखाएको छ । दक्षिण एसियाका नेपाल, पाकिस्तान, श्रीलंका, भूटान जस्ता देशसँग भारतको सीमा विवाद चर्किरहेको छ । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी बलात् कब्जा गरेको भारतले त्यहाँबाट मानसरोबर जाने सडक नै उदघाटन गरेपछि नेपालले पनि त्यो भूभाग समेटेर नक्सा जारी गरेको छ । जुन नक्सा संसदको दुईतिहाईभन्दा बढीले अनुमोदन भइसकेको छ ।
छिमेकी देशको सीमामा किचलो गर्ने भारतलाई चिनियाँ सेनाले लद्दाखको गलवान क्षेत्रमा भारतलाई हावाकावा पारेको छ । सोमबार राति गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले आफ्ना २० सैनिकको मृत्यु भएको जनाएको पुष्टि गरेको छ । भारतीय सेनालाई उदृत गर्दै भारतीय मिडियाले सो जानकारी दिएका हुन् ।
सोमबार राति चिनियाँ सेनाको आक्रमणमा परी सेनाका एक कर्णेल र दुई जवानको मृत्यु भएको प्रारम्भिक रिपोर्ट आए पनि राति सो संख्या २० रहेको भारतीय सेनाले नै पुष्टि गरेको छ । दुई देशका सैन्य अधिकारीहरुबीच वार्ता भएको राति नै यो हिंसात्मक झडप भएको थियो । झडपमा गोली नचलेपनि ढुङगा, लाठी र अन्य धारिलो हतियार प्रयोग भएको हुनसक्ने बताइएको छ ।
पछिल्लो ४५ बर्षमा भारत र चीनको सीमा एलएसीमा भएको पहिलो हिंसात्मक झडप रहेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । दुई देश युद्धको अवस्थामा रहे पनि कुटनीतिक र सैन्य अधिकारीहरुको वार्ताको माध्यमबाट सीमाको विवाद सुल्झाउन लागिरहेको बेला यो हिंसात्मक झडप भएको हो । भारतीय सेनाले मृतकका आफन्तलाई उनीहरुको मृत्युको बारेमा जानकारी दिएपछि उनीहरुको विवरण सार्वजनिक गरेको हो ।
भारतले एलएसी नाघेर भारतको क्षेत्रमा आएका चिनियाँ सेनालाई आफ्नो क्षेत्र फर्कन भनेको समयमा चिनियाँ सेनाले आक्रमण गरि आफ्ना सेनाको आक्रमण गरेको बताएको छ । चीनले भने भारतले सीमामा उक्साएपछि झडपको स्थित सिर्जना भएको बताएको छ ।
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend