Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुमिस्ता र पुनमलाई स्वर्ण


    शुक्रबार, मंसिर २४ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।धर्मस्थली तेक्वान्दो डोजाङकी सुमिस्ता तामाङ र आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ की पुनम खत्रीले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

    बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको महिला ४५–४७ केजीमा सुमिस्ताले आयोजक ‘बी’ की नानु सुनार तथा ३६–३९ केजीमा पुनमले दिलीप स्मृति तेक्वान्दो डोजाङकी रोजिना तामाङलाई फाइनलमा पराजित गरे ।

    पुरुषतर्फ १९ केजीमुनि आयोजक ‘बी’ का सजन लामा, २०–२२ केजीमा आयोजक ‘ए’ का आरुस राई, २२–२४ केजीमा रोकन कामत केवत, २४–२७ केजीमा ढल्कु तेक्वान्दो डोजाङका रिडम बिसी र २७–३० केजीमा आयोजक ‘बी’ का सुशान्त भुजेलले पहिलो स्थान हात पारे । 

    महिला २०–२२ केजीमा दिलीप स्मृतिकी कृपा गौतम तथा २५–२७ केजीमा द गुर्खाकी प्रिस्का मगरले स्वर्ण जिते ।

    दुईदिने प्रतियोगितामा १ सय ४० खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक डोजाङका प्रमुख सुरेश मानन्धरले जनाएका छन् ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार