Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वराजा शाहले पनि एउटा पार्टी खोले हुन्छ : नेपाल


    शुक्रबार, मंसिर २४ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई एउटा पार्टी खोल्न चुनौती दिएका छन् । 

    नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा नेता नेपालले पूर्वाजा ज्ञानेन्द्र शाहलाई नयाँ पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका हुन् ।

    उनले एउटै परिवारको वंशवाद आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्रले टाउको उठाउन नखोज्न चेतावनी दिए ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजतन्त्र आवश्यक रहेको बताएपछि जवाफ दिँदै नेपालले यस्तो चेतावनी दिएका हुन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार