Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल जारी


    मंगलबार, असार २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २ असार । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल जारी छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपक्षी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह तथा रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले धारणा राखिरहनुभएको छ ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि पनि छलफल हुँदैछ । बैठकमा सांसदहरु जीतेन्द्रनारायण देव, अनिता देवकोटा, तारादेवी भट्ट, प्रकाश पन्त, रमेशजंग रायमाझीले विनियोजन विधेयक माथिको विषयगत मन्त्रालयका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ । रासस

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार