काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस यतिबेला महाधिवेशनमा केन्द्रित भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र इतरपक्ष यतिबेला आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व लिने दाउमा लागिरहेका छन् ।
महाधिवेशन सुरु हुन ४८ घण्टा भन्दा कम समय बाँकी रहँदा संस्थापन र इतर पक्ष सभापतिसहित पदाधिकारी चयनको टुंगोमा पुग्न सकेका छैनन् ।
सभापतिका लागि संस्थापन पक्षमा देउवाको विकल्पमा कसैले दाबेदारी प्रस्तुत नगर्दा इतर पक्षमा भने साझा उम्मेदवार छान्न सकस परेको छ ।
गत महाधिवेशनमा देउवासँगै पराजित रामचन्द्र पौडेल पुन: सभापतिमा उम्मेदवारी दिन चाहिरहेका छन्। तर, यसपटक देउवालाई पाखा लगाउन भन्दा उनलाई आफू पक्षधर नेताहरुलाई मनाएर सभापतिको उम्मेदवारी उम्काउनै समस्या परेको छ ।
मंगलबार दिनभरको प्रयास असफल भएपछि बुधबार साझा उम्मेदवार चयन गर्ने पौडेल पक्षको तयारी थियो । तर आज पनि सहमति जुट्न नसक्दा भोलिको लागि भाका सरेको छ ।
अन्तिम प्रयासमा पौडेलको दौडधुप
पौडेल अन्तिम पटक सभापतिको उम्मेदवार हुँदै महाधिवेशनबाट पार्टी नेतृत्व गर्न चाहिरहेका छन् । अबको पाँच वर्षपछि उम्मेदवार सम्भावना न्यून भएकाले पौडेलले यसपटक आफूलाई छाड्न बैठकमा नेताहरुलाई आग्रह गरिरहेका छन् । त्यसका लागि बुधबार विहान उनले आफू पक्षधर नेताहरुको भेलासमेत राखे ।
भेलाबाट उनी चण्डोलस्थित नेता कृष्णप्रसाद सिटौला निवास पुगे र आफूलाई सहयोग गर्न आग्रह गरे । सिटौलाबाट सकारात्मक जवाफ नपाएका उनले त्यसपछि शेखर र शशांकसँग छलफल गरे । शेखर, शशांक र प्रकाशमानबाट साझा उम्मेदवार भए आफू त्याग गर्न तयार रहेको बताएका उनले सकेसम्म आफूलाई सहयोग गर्न दुई कोइरालालाई मनाउन प्रयास गरे । शशांकले हिजै पौडेलका लागि आफूले सभापतिको आकांक्षा त्यागेको बताएका थिए भने शेखरलाई पनि पौडेलले मनाउने प्रयास गरेका थिए ।
प्रकाशमानले पनि छाड्ने हुँदा आफू पछि हट्न तयार रहेको शेखरको संकेत पाएपछि उत्साही बनेका पौडेल चाक्सीबारी बैठकमा सहमति जुट्न नसक्दा निराश बने ।
बुधबार साँझ बैठकबाट उनी निराश मुद्रामा बाहिरिएका थिए । बैठकमा उनले सभापतिमा लड्न नदिए र कसैले सहयोग नगरे राजनीतिबाट विदा हुने र पार्टी छाड्ने ‘धम्की’समेत दिए ।
प्रकाशमानको अडान
रामचन्द्रको पक्षमा दुई कोइराला सकारात्मक देखिएका भएपनि नेता प्रकाशमान सिंहले भने सभापतिमा आफ्नो दाबेदारीको अडान छाडेनन् ।
१३ औं महाधिवेशनमा पनि आफूले त्याग गरेको भन्दै प्रकाशमानले कुनै पनि हालतमा यसपटक सभापतिको उम्मेदवारीबाट व्याक नहुने अडान लिएको स्रोतको भनाइ छ। काठमाडौं बाहिर कमजोर जनाधार रहेको टिप्पणी हुने गरेका प्रकाशमानले अडान नछाड्दा उनकै निवासको आँगनबाट बुधबार पौडेल निराश भएर बाहिरिए ।
अब भोलि बिहान आकांक्षीलाई नराखि बस्ने भनिएको बैठकबाट सर्वमान्य निर्णय आउने र त्यसलाई आकांक्षीहरुले मान्ने कुनै ठोस आधार देखिएको छैन ।
इतर पक्षले सभापतिको साझा उम्मेदवार तय गर्न नसक्दा संस्थापन पक्षले पनि पदाधिकारी चयन लगायतमा कुनै हतारो गरेको छैन ।
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा भएको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend