काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले समावेशी विकासको सुनिश्चितता गराउन १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।
खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै उम्मेदवारीको कारण खुलाएका छन् ।
सिंगो नेपाल र नेपालीलाई एकाकार गर्नेगरी कांग्रेसको नेतृत्वमा जारी भएर कार्यान्वयनमा आएको संविधानलाई संस्थागत गर्ने, दिगो बनाउँदै सामाजिक न्यायसहितको आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्ने कार्यभार कांग्रेसकै काँधमा रहेको भन्दै बस्नेतले विभिन्न जात–जाति, समुदाय, उत्पीडित वर्ग, धर्म र संस्कृति सबैलाई जोडेर समावेशी विकासको सुनिश्चिता गराउनु आफ्नो राजनीतिक ध्येय भएको उल्लेख गरेका छन् ।
अपार सम्भावना बोकेको नेपालमा युवालाई उद्यमशील बनाउने, भविष्यको पुस्तालाई समान र उच्च स्तरको शिक्षा नेपालमै दिलाउने, अग्रजलाई सहज र सहुलीयत स्वास्थ्य उपचारको पहुँचमा पुर्याउने तथा देशलाई समुन्नतिको बाटोमा डोहोर्याउन पहल गर्ने उनको भनाइ छ ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र व्यक्तिगत स्वतन्त्रताको रक्षार्थ डटेर लाग्ने भन्दै उनले सहयोगको अपिलसमेत गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend