सुर्खेत । कर्णाली प्रदेशको मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुने भएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका कारण कर्णालीकाे मन्त्रीपरिषद् विस्तार ढिला हुने भएको हो ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री भएको झण्डै डेढ महिना (१६ कार्तिक)सम्म मन्त्री परिषद् विस्तार गर्न सकेका छैनन् ।
यद्यपि, शाहीले मुख्यमन्त्री भएपछि दुई पटक मन्त्रीपरिषद् विस्तार भने गरिसकेका छन् । मन्त्री भएको करिब १५ दिनपछि नेकपाएकीकृत समाजवादी चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्थथा तथा कृषि सहकारी मन्त्री बनाएका थिए भने १४ मंसिरमा विश्वासको मत लिएपछि माओवादी केन्द्रबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए । कर्णालीमा आठ जनासम्मकाे मन्त्रीपरिषद् बन्न सक्ने भए पनि अहिलेसम्म जम्मा पाँच मन्त्री मात्रै छन् ।
माओवादी केन्द्रले चार, एकीकृत समाजवादीले तीन मन्त्रालयको माग गरेका कारण मन्त्री परिषद् विस्तार ढिलाई भएको कांग्रेसकाे आराेप छ । सत्ता साझेदार गठबन्धन दलहरूले मुख्यमन्त्री शाहीले बहनाबाजी गरेर मन्त्री परिषद् विस्तारमा ढिलाई गरिरहेको आरोप लगाउँदै आएका छन् ।
मुख्यमन्त्री शाहीले दुर्गम पिछडिएको क्षेत्रबाट कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । यसकारण सरकार विस्तार ढिला भएकाे कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले बताए । ‘मुख्यमन्त्री आफैं महाधिवेशनमा उम्मेदवार हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले मन्त्री परिषद् विस्तारभन्दा पार्टीको काममा बढी लागिरहनु भएकाे छ ।’
कांग्रेसले मन्त्री परिषद् विस्तारमा अनिइच्छा देखाएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएका छन् ।
सत्ता साझेदार दलका एक सांसदका अनुसार मुख्यमन्त्री बन्ने बेला गरेकाे सहमति पालना गर्नुपर्ने बताए । ‘सहमतिअनुसार शाही मुख्यमन्त्री भइसक्नु भयो । अहिले सहमति कार्यान्वयन गर्नुहुन्न ।’ उनले भने, ‘१५ बैशाखपछि एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति पनि कार्यान्वयन गर्नुहुन्न कि भन्ने डर छ । त्यस बिषयमा छलफल हुन्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend