Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाइजेरियामा १० लाख डाेज खाेप हिनामिना


    बुधबार, मंसिर २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अफ्रिकी देश नाइजेरियामा १० लाख डाेज काेभिड खाेप हिनामिना भएकाे छ । प्रयाेग नभइ पहिलाे पटक यति ठूलाे परिणाममा खाेप खेरा गएकाे हाे । विश्व स्वास्थ्य संगठनका अनुसार २० कराेड जनसंख्या भएकाे नाइजेरियामा मुस्किलले चार प्रतिशत वयस्कले खाेप लगाएका छन् ।

    राम्राेसँग भन्डारण हुन नपाउँदा ठूलाे परिमाणमा खाेप हिनामिना भएकाे हाे । अनुदानमा प्राप्त ठूलाे परिमाणाकाे खाेप व्यवस्थापन गर्न नसक्दा अफ्रिकी मुलुकहरुमा खाेप हिनामिना हुने क्रम बढ्दाे छ । 

    सरकारले खाेप व्यवस्थापन गर्न नसक्दा हिनामिना भएकाे डूब्लूएचओले जनाएकाे छ । अक्टाेबरमा प्रदान गरिएकाे थप अ‌ाठ लाख खाेपकाे मात्रा भने प्रयाेगमा अ‌ाएकाे जनाइएकाे छ । नाइजेरियामा अझै ५० प्रतिशतले पूर्ण खाेप लगाएका छैनन् ।

    काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन देखिएसँगै पश्चिमेली देशहरुले नाइजेरियामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । पछिल्लाे समयमा नाइजेरियामा संक्रमितहरुकाे संख्या बढेकाे छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार