Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वी युरोपमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै


    बुधबार, मंसिर २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । पूवीं यूरोपमा कोभिड संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।  यहाँ संक्रमितको संख्या दुई करोड नाघ्ने अनुमान गरिएको छ । पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभरका संक्रमितमध्ये २० प्रतिशत संक्रमित यहाँ छन् ।

    पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा संक्रमितको संख्या उच्च छ । युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् । पूर्वी युरोपमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा संक्रमितको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।  बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा खोप अनिवार्य गरिएको छ । 

     पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा संक्रमित देखिएका छन् । रसियामा हरेक पाँच मिनेटमा १२० जनामा कोरोना पोजेटिभ देखिएको छ । रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन् ।

    पूर्वी युरोपमा खोप नलगाउने जमात पनि बढ्दो छ । सबैभन्दा धेरै हंगेरीका मानिसहरुले खोप लगाउन अनिच्छा देखाएका छन् । हंगेरीमा जम्मा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । युरोपेली देशमा नयाँ संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार नयाँ संक्रमित भेटिएका छन् । 

    यसैबीच, युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार