Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ऋषिङ अध्यक्ष कपको फाइनलमा शुक्लागण्डकी


    बुधबार, मंसिर २२ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ । ऋषिङ गाउँपालिकाको आयोजनामा जारी दोस्रो पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका फाइनल प्रवेश गरेको छ ।

    मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा भिमाद नगरपालिकालाई पराजित गर्दै शुक्लागण्डकीले फाइनल यात्रा तय गरेको हो । भिमादलाई शुक्लागण्डकीले ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

    पहिलो सेटमा भिमादले शुक्लागण्डकीलाई २५–१७ को फराकिलो अन्तरमा पराजित गर्न  सफल भयो । दोस्रो सेटबाट खेलमा सुधार गरेका शुक्लागण्डकीका खेलाडीले लगातार तीन सेट आफ्नो पोल्टामा पारे । दोस्रो, तेस्रो र चौथो सेट क्रमश:  २५–१९, २५–२१ र २५–२३ को स्कोरमा विजयी हुदैँ भिमादको फाइनलमा पुग्ने लक्ष्यमा शुक्लागण्डकी बाधक बन्यो । 

    फाइनलमा शुक्लागण्डकीले बुधबार स्याङजाको विरुवा गाउँपालिका वा बाग्लुङको गलकोट नगरपालिका मध्य एकसँग भिड्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार विरुवा र गल्कोट भिड्दैछन् । शुक्लागण्डकी गत बर्ष भएको पहिलो संस्करणको ऋषिङ अध्यक्ष कपको उपाधि विजेता हो । 

    ऋषिङको झापुटार खेल मैदानमा जारी प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने समुहले क्रमशः  एक लाख ४० हजार रुपैयाँ, एक लाख रुपैयाँ, ६० हजार रुपैयाँ र ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई पनि नगद सहित पुरस्कृत गरिनेछ  ।

    आईतबारदेखी सुरु प्रतियोगितामा तनहुँको व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, कास्कीको मादी गाउँपालिका, रुपाकोट गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, नवलपुरको बौदीकाली गाउँपालिका गरी १६ समुहले सहभागिता जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार