Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाले एसईईको विकल्पमा जान उत्प्रेरित गरिरहेको छ : प्रम ओली


    सोमबार, असार १ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, १ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले माध्यमिक शिक्षा परीक्षा एसईईको विकल्पमा जान उत्प्रेरित गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लेख गरेका छन् ।

    सरकारले हालै आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। शैक्षिक सत्र २०७६ को एसईई परीक्षा कोरोना महामारीले स्थगित भएको दुई महिनापछि मात्रै निर्णय गरेको हो ।

    सोमबार प्रधानमन्त्री ओलीले वैकल्पिक विधिबाट विद्यार्थीको पठनपाठन सुरूवात भएको घोषणा गर्दै एसईई विकल्पमा जान अहिलेको परिस्थितिले उप्रेरित गरेको बताएका हुन्।

    ‘यस महामारीको समाप्तिसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने सम्भावना बढेर गएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘माध्यमिक शिक्षा परीक्षा एसईईको विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ।’

    प्रधानमन्त्री ओलीले रेडियो, टिभी, अनलाइन, अफलाइनबाट पठनपाठनको व्यवस्था मिलाइएको पनि जानकारी गराएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार