काठमाडौँ, १ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले माध्यमिक शिक्षा परीक्षा एसईईको विकल्पमा जान उत्प्रेरित गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लेख गरेका छन् ।
सरकारले हालै आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। शैक्षिक सत्र २०७६ को एसईई परीक्षा कोरोना महामारीले स्थगित भएको दुई महिनापछि मात्रै निर्णय गरेको हो ।
सोमबार प्रधानमन्त्री ओलीले वैकल्पिक विधिबाट विद्यार्थीको पठनपाठन सुरूवात भएको घोषणा गर्दै एसईई विकल्पमा जान अहिलेको परिस्थितिले उप्रेरित गरेको बताएका हुन्।
‘यस महामारीको समाप्तिसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने सम्भावना बढेर गएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘माध्यमिक शिक्षा परीक्षा एसईईको विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ।’
प्रधानमन्त्री ओलीले रेडियो, टिभी, अनलाइन, अफलाइनबाट पठनपाठनको व्यवस्था मिलाइएको पनि जानकारी गराएका छन्।
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend