काठमाडौं । संविधान संशोधन प्रस्तावमा शनिबार मतदान हुनुअघि प्रतिनिधिसभाको रोष्ट्रमबाट सम्बोधन गर्ने क्रममा जनता समाजवादीका नेता राजेन्द्र महतोले नेपालमा मधेशीले राष्ट्रियताको सवालमा पटक पटक परीक्षा दिनुपरेको तीतो यथार्थता ब्यक्त गरे । उनले भने–भारतीय सीमाक्षेत्रको रक्षा मधेशी जनताले गरेका छन् । तर तिनै मधेशीलाई राष्ट्रियताको सवालमा शंकाको नजरले हेर्ने गरिन्छ ।’
महतोले दिएको अभिब्यक्तिले मधेशी जनताको भावनाको प्रतिनिधित्व गरेको छ । मधेशी समुदायलाई राज्यले दिने अवसरमा विभेद गरिएको गुनासो पटक पटक आइरहने गरेको छ । यसै सन्दर्भमा नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले राज्यले दिने अवसरहरुमा समानुपातिक प्रतिनिधित्व नभएको कुरामा गम्भीर हुनुपर्ने कुरा उठाएका छन् ।
सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा प्रमाणहरु संकलन गर्न गठन गरेको ९ सदस्यीय टोलीमा एक जना पनि मधेशी समुदायबाट नपरेकोबारेमा संजालमा लेखेका छन्–‘‘अघिल्लो पटक भारतसँगका सन्धि–सम्झौता र सम्बन्धको पुनरावलोकन गर्न प्रबुद्ध ब्यक्तिहरूको समूह (इपीजी) मा नेपालबाट ४ जना राख्दा हामीले भारतसँग सॉध जोडिएको मधेसबाट एक जना राखेनौं । यसपटक सीमासम्बन्धी प्रमाण जुटाउन ९ जनाको टोली बनाउँदा पनि मधेसबाट एक जना राखेनौं । कामको परिणाममा के कति फरक पर्ला नपर्ला तर यस्ता कामबाट भन्ने ठाउँ चाहिं जन्मिन्छ भन्ने ख्याल गर्नुपर्छ । सबै विज्ञ भए त अलग्गै कुरा ।’
सरकारले बिहीबार नेपाल भारत सीमा विवादमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समिति गठन गरेको थियो । नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा गठन भएको उक्त समितिका सदस्हरुमा अन्तर्राष्ट्रिय कानुनका विज्ञ सूर्यप्रसाद सुवेदी, इतिहासकार रमेश ढुङ्गेल, कानुनविद् विपीन अधिकारी, जलविज्ञानविद् जगत भुसाल र नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल रहेका छन् । अन्य सदस्यहरुमा अवकाशप्राप्त मेजर जनरल हिमालय थापा, महिला प्रतिनिधिका रुपमा अप्सरा चापागाईँलाई राखिएको थियो । तर यो समितिमा एक जना पनि मधेशी अटाउन सकेका छैनन् । यही कुरालाई संकेत गर्दै रिजालले सवाल उठाएका हुन् । यीमध्ये अधिकांश सीमासम्बन्धी जानकार होइनन् ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend