काठमाडौं । संविधान संशोधन प्रस्तावमा शनिबार मतदान हुनुअघि प्रतिनिधिसभाको रोष्ट्रमबाट सम्बोधन गर्ने क्रममा जनता समाजवादीका नेता राजेन्द्र महतोले नेपालमा मधेशीले राष्ट्रियताको सवालमा पटक पटक परीक्षा दिनुपरेको तीतो यथार्थता ब्यक्त गरे । उनले भने–भारतीय सीमाक्षेत्रको रक्षा मधेशी जनताले गरेका छन् । तर तिनै मधेशीलाई राष्ट्रियताको सवालमा शंकाको नजरले हेर्ने गरिन्छ ।’
महतोले दिएको अभिब्यक्तिले मधेशी जनताको भावनाको प्रतिनिधित्व गरेको छ । मधेशी समुदायलाई राज्यले दिने अवसरमा विभेद गरिएको गुनासो पटक पटक आइरहने गरेको छ । यसै सन्दर्भमा नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले राज्यले दिने अवसरहरुमा समानुपातिक प्रतिनिधित्व नभएको कुरामा गम्भीर हुनुपर्ने कुरा उठाएका छन् ।
सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा प्रमाणहरु संकलन गर्न गठन गरेको ९ सदस्यीय टोलीमा एक जना पनि मधेशी समुदायबाट नपरेकोबारेमा संजालमा लेखेका छन्–‘‘अघिल्लो पटक भारतसँगका सन्धि–सम्झौता र सम्बन्धको पुनरावलोकन गर्न प्रबुद्ध ब्यक्तिहरूको समूह (इपीजी) मा नेपालबाट ४ जना राख्दा हामीले भारतसँग सॉध जोडिएको मधेसबाट एक जना राखेनौं । यसपटक सीमासम्बन्धी प्रमाण जुटाउन ९ जनाको टोली बनाउँदा पनि मधेसबाट एक जना राखेनौं । कामको परिणाममा के कति फरक पर्ला नपर्ला तर यस्ता कामबाट भन्ने ठाउँ चाहिं जन्मिन्छ भन्ने ख्याल गर्नुपर्छ । सबै विज्ञ भए त अलग्गै कुरा ।’
सरकारले बिहीबार नेपाल भारत सीमा विवादमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समिति गठन गरेको थियो । नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा गठन भएको उक्त समितिका सदस्हरुमा अन्तर्राष्ट्रिय कानुनका विज्ञ सूर्यप्रसाद सुवेदी, इतिहासकार रमेश ढुङ्गेल, कानुनविद् विपीन अधिकारी, जलविज्ञानविद् जगत भुसाल र नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल रहेका छन् । अन्य सदस्यहरुमा अवकाशप्राप्त मेजर जनरल हिमालय थापा, महिला प्रतिनिधिका रुपमा अप्सरा चापागाईँलाई राखिएको थियो । तर यो समितिमा एक जना पनि मधेशी अटाउन सकेका छैनन् । यही कुरालाई संकेत गर्दै रिजालले सवाल उठाएका हुन् । यीमध्ये अधिकांश सीमासम्बन्धी जानकार होइनन् ।
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend