काठमाडौं। सरकारद्वारा प्रतिवन्धित नेकपा बिप्लब समुहले श्याम बज्राचार्यलाई बमसहित पक्राउ गरिएको प्रकरणमा मुख खोलेको छ।
बिप्लब समुहले विस्फोट गर्न लाग्दा पक्राउ परेको भनी भ्रमपूर्ण समाचार प्रसारण भन्दै त्यसो नगर्न सुझाव दिँदै ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईलाई जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकार हनन गर्ने, नागरिकको चरित्रहत्या गर्नेखालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन गर्दै अनावश्यक खानतलासी गर्ने, घर घेर्ने, धरपकड गर्ने तथा शारीरिक–मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन दिएको छ ।
पार्टी सेक्रेटरी विदुषीले जारी गरेको विज्ञप्तिमा बम विस्फोट गर्न लाग्दा समातिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कतै जिल्ला सदस्य भनी सम्प्रेषण गरिएका समाचार पूर्ण रूपमा झूटो रहेको अवगत गराइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यति बेला मानव जातिको अस्तित्वलाई नै सङ्कट पार्ने गरी तीव्र रूपमा कोरोना भाइरस को महामारी विश्वभरि फैलिएको छ । यसको महामारीबाट नेपाल पनि चरम जोखिममा रहेको छ । यो महामारीमा मानवीय संवेदनालाई ध्यानमा राख्दै हाम्रो पार्टी केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गरी पार्टीका नेता–कार्यकर्ताहरूलाई ठूला सङ्घर्षका सम्पूर्ण कामहरू रोकी देशको रक्षा र जनताको सेवामा लाग्न निर्देशन गरेको कुरा विदितै छ । यो महामारीमा जनताको उचित व्यवस्थापन, रोगको रोकथाम तथा जनताको स्वास्थ्य अवस्थाको जाँचभन्दा पनि केपी–पीके सरकार हाम्रो पार्टीका नेता–कार्यकर्ताको निगरानी र धरपकडमा लागिपरेको छ र कथित मिडियाहरू पनि भ्रामक समाचारहरूको सम्प्रेषण गर्ने होडबाजीमा छन् ।’
विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७–२–३० र ३१ गते लगातार मिडियाहरूमा आइरहेको समाचार ललितपुुर जिल्ला बङ्गलामुुखी मन्दिर नजिकबाट पक्राउ परेका श्याम बज्राचार्यको समाचारले हाम्रो पार्टी जिल्ला समिति ललितपुुरको ध्यान आकर्षित भएको छ । बम विस्फोट गर्न लाग्दा समातिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कतै जिल्ला सदस्य भनी सम्प्रेषण गरिएका समाचार पूर्ण रूपमा झूटो रहेको कुुरा पनि अवगत गराउँछौँ । श्याम बज्राचार्य विगत लामो समयदेखि हाम्रो पार्टीको सम्पर्कमा नरहेको कुुरा पनि अवगत गराउँछौँ । ’
‘त्यसैगरी केपी सरकारका मतियार एसएसपी टेकप्रसाद राईलाई पनि जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन गर्ने, नागरिकको चरित्रहत्या गर्नेखालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा, एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन गर्दै अन आवश्यक खानतलासी गर्ने, घर घेर्ने, धरपकड गर्ने तथा शारीरिक–मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन गर्दछौँ । साथै देशको रक्षा र जनताको सुुरक्षामा लाग्न निर्देशन गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend