काठमाडौं । लामो समयदेखि वहसको बिषय बन्दै आएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी बारे निर्णय गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार बोलाइएको छ । आइतबार अपहराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकको मुख्य एजेन्डा एमसीसी नै हुने बताइएको छ ।
लामो समयदेखि नेकपाका नेताहरु एमसीसी पारित गर्न हुने र नहुनेमा विभाजित छन् । एकथरी एमसीसी पास भएमा अमेरिकी सेना नेपालमा आइहाल्छ भन्ने अतिवादी कुरा गरिरहेका छन् भने अर्कोथरी नेताहरुले एमसीसी पारित नगरे अमेरिका रिसाउँछ, पास गर्नुपर्छ भन्दैआएका छन् ।
नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य भीमबहादुर रावल एमसीसी पारित गर्नै नहुने पक्षमा देखिएका छन् । खनालको संयोजकत्वमा एमसीसी पारित गर्ने कि नगर्ने भन्ने बिषयमा गठित रावल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको समितिले प्रतिवेदन दिइसकेको छ । प्रतिवेदनमा खनाल र रावलले पास गर्नै नहुने राय दिएका छन् भने ज्ञवालीले त्यसमा पास गर्नुपर्ने आसयको फरक मत सहित राय दिएका छन् । नेकपाभित्र प्रधानमन्त्री ओली पक्ष र सरकारमा रहेका माधव नेपाल पक्षका मन्त्रीहरु पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छन् ।
यसअघि जेठ १७ गते एमसीसीका बारेमा निर्णय गर्न नेकपा सचिवालय बैठक बसेको थियो । त्यो बैठकले पनि कुनै निष्कर्ष दिन सकेन । पछिल्लो समय एमसीसीमा रहेका प्रावधान संंशोधन पारित गर्नु नहुने पक्षमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत पुगेको समाचार पनि सार्वजनिक भएको परिप्रेक्ष्यमा नेकपा सचिवालय बैठक बस्दैछ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend