काठमाडौं । नेपालको संसदले दुईतीहाई भन्दा बढिले संविधान संशोधन गरेको छ । शनिबार नेपाली भूभाग लिम्पियाधुरासहित समेटिएको नयाँ राजनीतिक नक्सालाई संसदले पारित गरेको हो ।। प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गरेकी थिइन् । मन्त्री तुम्वाहाङ्फेले प्रस्ताव प्रस्तुत गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मतदान प्रक्रिया अगाडि बढाएका थिए । मतदानमा संविधान संशोधनको पक्षमा २ सय ५८ जना सांसदको मत परेको छ भने विपक्षमा सून्य मत परेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधनको पक्षमा २ सय ५८ र विपक्षमा सून्य मत परेको घोषणा गरेका छन् । यो संख्या प्रतिनिधिसभाको तत्काल कायम संख्याको दुई तिहाईभन्दा बढी रहेको सभामुख सापकोटाले बताएका थिए ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद निलम्बनमा छन् । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेपछि उनी संसदबाट बाहिरिएकी थिइन् । अफ्ताव आलम कर्तब्यज्यानको आरोपमा थुनामा छन् । रेशम चौधरी पनि टीकापुर प्रकरणमा जेलमा छन् । विजय गच्छदार र हरिनारायण रौनियार भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन् । सभामुख अग्निप्रसाद सापकोटाले निर्णायक अवस्थामा मात्र मतदान गर्नपाउने ब्यवस्था छ । २ सय ६९ मत संविधान संशोधनको पक्षमा पर्नुृपर्ने हो । तर ११ सांसदको मत नपरेको देखिन्छ ।
सरकारले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा जेठ ७ मा स्वीकृत गरेको थियो । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशानछापमा नयाँ नक्शा राख्न संविधान संशोधन गर्ने बिधेयक कानुनमन्त्री तुम्बाहाङ्फेले जेठ २७ मा प्रतिनिधिसभामा पेश गरेकी थिइन् । जुन बिधेयकमा सबै सांसदको समर्थन रहेको थियो ।
संसदमा दफाबार छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेकी थिइन् । मन्त्रीेले प्रस्ताव प्रस्तुत गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख सापकोटाले सांसदहरुलाई मतदानका लागि आग्रह गरेपछि सबैले आ आफ्नो आसनबाट उठेर संविधान संशोधनका पक्षमा दस्तखत गरेका थिए । सांसदहरुलाई दस्तखत गर्नमात्रै झन्डै ४५ मिनेट लागेको थियो ।
शनिबार दिउँसो १ बजे सुरु भएको संसदमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो, उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङ्देन, मसालका दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल लगायतका सांसदहरुले संविधान संशोधन गर्ने पक्षमा धारणा राखेका थिए ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend