काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूमि समेटेर तयार गरेको नक्सा संसदबाट सर्वसम्मत रुपमा अनुमोदन हुनु भनेको भारतसँग दूरी बढाउनु नभएको बताएका छन् । प्रतिनिधिसभामा संविधान संशोधनका बारेमा भएको सैद्धान्तिक छलफलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्–‘संसदबाट यो नक्सा अनुमोदन हुनु भनेको भारतलाई यो समस्या सामाधानका घचघच्याउनु हो । यो समस्याको सत्यतथ्यका आधारमा र प्रमाणका आधारमा नयाँ तथ्यका आधारमा समाधान गर्नका लागि हो ।’
‘हामी भारत, चीनसँग सुमधुर र सन्तुलित मैत्री सम्बन्ध राख्न चाहन्छौं । असंलग्न परराष्ट्र नीति अनुसार दुवै देशसँग नयाँ सम्बन्धको विकास गर्न चाहेका छौंं । अध्यक्ष प्रचण्डको भनाइ छ ।
सम्बोधनका क्रममा विचाराधारात्मक रुपमा फरक भए पनि राष्ट्रिय मुद्दामा सबै दल एक छौं भन्ने सन्देश हामीले दिएका छौं, अध्यक्ष प्रचण्डले प्रष्ट शब्दमा भने–हामी सबै वर्ग, जागि एक ठाउँमा आएका छौं । यो एकता भारतलाई अप्ठेरो पार्नका लागि होइन, यो एकता भारतले हाम्रो समस्या ठीक ढंगले बुझिदेओस् सन्देश प्रवाह गर्न चाहेका हौं । राष्ट्रिय मुद्दामा हामी सबै ऐतिहासक मुद्दामा एक छौं, हिजो, आज र भोलि पनि एक हुनेछौं । आजको यो ऐतिहासिक क्षणमा त्यो एकता देखाएर सावित गरेका छौं ।
भारतको सरकार, राजनीतिक दल, बुद्धिजीवी र पत्रकारलाई नेपाली जनताको यो संवेदशीलता बुझिदिन आग्रह गर्दछु । आज मलाई गर्वको महसुस भएको छ, १२ बुँदे सम्झौतादेखि शान्ति सम्झौतासम्म आउँदा जुन राजनीतिक संस्कारको विकास गरियो, भूकम्पको त्रासदीमा होस्, संविधान बनाउने बेलामा होस् हामीले एकता प्रदर्शन गर्यौं । यसले नेपालको चेतना र भावनालाई प्रकट गरेको छ ।
पार्टीहरुले देश बचाउन सकेनन्, सामन्तहरु चाहियो भन्ने पनि बाटामा सुनें । तर त्यस्ता तत्वहरुलाई म के भन्न चाहन्छु भने राजतन्त्रले भारतलाई सुम्पेको भूमि गणतन्त्रले फिर्ता ल्याउन पहल गरेको हो । आज त्यही भूमिको नक्सा पारित गर्दैछौं । नेपाली जनतालाई भ्रमित गर्ने प्रयास कहीँबाट नहोस् । नेपाली जनता कसैको भ्रमको पछि लाग्ने छैनन् । राष्ट्रिय एकताका साथ यो मुद्दा र कोरोना महामारीको राष्ट्रिय सहमतिका साथ सामना गरेरै देखाउनेछौं । धमिलो पानीमा माछा माछा मार्ने प्रयत्न बन्द गरौं ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend