Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • पूर्व भारतीय राजदूत ले कालापानीसहितका भू-भागबारे भ्रम फैलाए


    शुक्रबार, जेष्ठ ३० २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ, ३० जेठ । नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरणले नेपाल–भारत सीमाका विषयमा भ्रम फैलाउने काम गरेका छन्।

    श्यामशरणले ऐतिहासिक तथ्यहरु बङ्ग्याएर नेपालका तत्कालीन राजाहरु श्री ५ महेन्द्र, श्री ५ वीरेन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनाम गर्ने प्रयास गरेका छन् । श्यामशरणले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका नेपालका भूभागलाई भारतीय भएको दावी गर्दै द इण्डियन एक्सप्रेसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ‘भारतसँग छिटै वार्ता सुरु गर्न लागेको र कूटनैतिक रुपमा समस्या समाधान गर्ने’ भनाइलाई ‘औचित्यहीन’ भनेका छन् । श्यामशरणले १८१६ मा ब्रिटिश इण्डियाको इष्ट इण्डिया कम्पनीले काली नदीको मुहान लिम्पियाधुरालाई मानेको तथ्यलाई समेत ढाकछोप गर्ने प्रयास गरेका छन् ।

    उनले राजा महेन्द्रले नेपाली भूमि कालापानीमा भारतलाई सुरक्षा पोस्ट राख्न दिएको कुरालाई पनि झुटो भनेका छन् ।

    कालापानीको पोस्ट राजा महेन्द्रले नै भारतलाई राख्न अनुमति दिएका थिए । भारतको सुरक्षा संवेदनशीलतालाई हेर्दै राजा महेन्द्रले कालापानीमा पोस्ट राख्न दिएको को बिबादास्पद कुरालाई उनले उल्लेख गरेका छन् । उनले नेपाली राजाहरु नेपालमा भारतविरोधी राष्ट्रियताको आडमा टिकेको दावी गरेका छन् ।

    कालीनदीको लिम्पियाधुरास्थित मुहानबाट आउने कालीनदीलाई उनले पानी बग्ने सानो कुलो भन्दै त्यो कुलो कालापानीबाट आएको काली नदीमा मिसिने कुतर्क गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार