Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालको नयाँ नक्सा पूर्वी सीमानाकाको मेचीपुलमा


    बिहिबार, जेष्ठ २९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २९ जेठ । कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा राखिएको छ।

    बिहिबार नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठनका रूपमा रहेका राष्ट्रिय युवासङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा सो स्थानमा नक्सा राखिएको हो।

    सो पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होडिङबोडमा नयाँ नक्सा प्रदेश नं १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो।

    सो अवसरमा सांसद बुढाथोकीले राष्ट्रियताका सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार