काठमाडौं, २८ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै संसदमा अर्को संशोधन प्रस्ताव दर्ता गराएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा कालोझण्डा राखिएको छ ।
महानगरीय प्रहरी परिसरले उनको घरमा राखिएको कालोझण्डा हटाएको छ । तर उनको घरमा कालोझण्डा राख्नेको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । कालोझण्डा राखिएपछि गिरीले सुरक्षा खतरा बढेको भन्दै फण्डा मच्चाउन थालेकी छन् । उनको घरमा युवाहरुले नाराबाजी गर्दै गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।
यसअघि पार्टीको सहमतिविना उनले संविधान संशोधन प्रस्ताव दर्ता गरेकाले पार्टीले फिर्ता लिन निर्देशन दिएको छ । स्रोत र प्रमाण नपुगेको भन्दै उनले व्यक्तिगत रुपमा प्रस्ताव खारेज गर्न माग गरेकी छन् । सोही विषयलाई लिएर पार्टीले समेत संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिइसकेको छ । मंगलबार पार्टीले उनलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिइसकेको छ । र, फिर्ता नलिए पार्टीले कारबाही गर्ने चेतावनी पनि दिएको छ । गिरीले भने पाटीको निर्देशनपछि पनि संविधान संशोधन प्रस्ताव फिर्ता नलिने बताएकी छन् ।
बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
नेकपा निकट युवासंघले गिरीलाई लिम्पियाधुरासहितको भुभाग समेटिएको नेपालको नक्साका बिरुद्ध भारतीय इशारामा संविधान संशोधन ल्याएकोमा फिर्ता लिन उनलाई चेतावनी दिएको थियो ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend