काठमाडौं, २८ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै संसदमा अर्को संशोधन प्रस्ताव दर्ता गराएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा कालोझण्डा राखिएको छ ।
महानगरीय प्रहरी परिसरले उनको घरमा राखिएको कालोझण्डा हटाएको छ । तर उनको घरमा कालोझण्डा राख्नेको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । कालोझण्डा राखिएपछि गिरीले सुरक्षा खतरा बढेको भन्दै फण्डा मच्चाउन थालेकी छन् । उनको घरमा युवाहरुले नाराबाजी गर्दै गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।
यसअघि पार्टीको सहमतिविना उनले संविधान संशोधन प्रस्ताव दर्ता गरेकाले पार्टीले फिर्ता लिन निर्देशन दिएको छ । स्रोत र प्रमाण नपुगेको भन्दै उनले व्यक्तिगत रुपमा प्रस्ताव खारेज गर्न माग गरेकी छन् । सोही विषयलाई लिएर पार्टीले समेत संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिइसकेको छ । मंगलबार पार्टीले उनलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिइसकेको छ । र, फिर्ता नलिए पार्टीले कारबाही गर्ने चेतावनी पनि दिएको छ । गिरीले भने पाटीको निर्देशनपछि पनि संविधान संशोधन प्रस्ताव फिर्ता नलिने बताएकी छन् ।
बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
नेकपा निकट युवासंघले गिरीलाई लिम्पियाधुरासहितको भुभाग समेटिएको नेपालको नक्साका बिरुद्ध भारतीय इशारामा संविधान संशोधन ल्याएकोमा फिर्ता लिन उनलाई चेतावनी दिएको थियो ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend